scheduleशनिवार जेष्ठ १ गते, २०७८

बेपत्ता बोगटीको चार दिनपछि शव भेटियो

प्रतिकात्मक तस्बिर

डोटी, ८ वैशाख । सेती नदीमा बेपत्ता भएका युवकको शव मंगलबार फेला परेको छ । गत शनिबार सेती नदीमा नुहाउन गएका बेला एकाएक बेत्ता भएका जिल्लाको सायल गाउँपालिका–४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहदुर मल्लले जानकारी दिए ।

उनका अनुसार बेपत्ता भएका बोगटीको शव दिपायल सिलगढी नगरपालिका–४ रातमाटी नजीकको सेती नदीमा फेला परेको हो । नदीको बीच भागमा भेटिएको शव नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी टोलीले निकालेको हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय