scheduleआइतवार जेष्ठ २ गते, २०७८

प्रिमियर लिग: घरेलु मैदानमा चेल्सी बराबरीमा रोकियो

काठमाडौं, ८ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी र ब्राइटनले बराबरी खेलेका छन् । चेल्सीको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

खेलको अधिकांश समय बल पोसेसनमा पकड राखेको भएपनि गोल गर्न नसक्दा चेल्सी बराबरीमा रोकिएको हो । चेल्सीले कुल ७ शट प्रहार गर्दा ब्राइटनले ११ वटा मौका बुनेको थियो । यद्यपि कुनै टोलीबाट गोल हुन सकेन ।

खेलको इन्जुरी समयमा ब्राइटनका बेन ह्‍वाइटले क्यालम हड्सन ओडोइमाथि फल गरेपछि रातो कार्ड खाँदै मैदानबाहिर पठाइएका थिए । अन्तिम क्षण ब्राइटन १० खेलाडीमा सीमित भएको थियो ।

बराबरीसँगै ३२ खेलबाट ५५ अंक भएको चेल्सी चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक भएको वेस्टह्‍याम गोलअन्तरका आधारमा पाँचौं स्थानमा छ । ब्राइटन ३४ अंकसहित १६औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय