scheduleआइतवार जेष्ठ २ गते, २०७८

त्रिदेशीय कप क्रिकेटमा आज मलेसिया र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं, ८ वैशाख । काठमाडौंमा जारी त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलाअन्तर्गत आज पाँचौं खेलमा मलेसिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल दिउँसो सवा १२ बजेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ । मलेसियाको कप्तानी फैज अहमदले गर्दैछन् भने नेदरल्याड्सका कप्तान पिटर सिलार रहेका छन् ।

यी दुई टोलीबीच यसअघि भएको खेलमा नेदरल्यान्ड्स १५ रनले विजयी भएको थियो । त्यसैगरी मलेसिया नेपालसँग पनि ९ विकेटले पराजित भएको थियो ।

हिजोको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ३ विकेटले हराएपछि नेपाल र नेदरल्यान्ड्सले समान ३ खेलमा २ जीत दर्ता गरेका छन् भने मलेसिया जीतविहीन रहेको छ ।

डबल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल खेल यही वैशाख ११ गते हुने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय