scheduleबुधवार बैशाख २९ गते, २०७८

एकै विद्यालयका ३९ जनामा कोरोना

बागलुङ, ८ वैशाख । बागलुङका एकै विद्यालयका ३९ जनामा कोरोना संक्रमण देखिएको छ । आइतवार र सोमबार पनि नियमित कक्षा चलेको बागलुङ नगरपालिकाको एक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो ।

स्वास्थ्य कार्यालय बागलुङले सो विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टी भएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । पुष्टी भएकालाई घरघरमै सुरक्षित रहन भनिएको छ । तर उनीहरु सँगै पढेका अन्य बिद्यार्थी बिदा मनाउन कता पुगेका छन् भन्ने विद्यालयमा जानकारी छैन ।

सङ्क्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भनेपनि मंगलबारसम्म बिद्यालय बन्द गरिएको छैन । मन्त्री परिषद्को निर्णयले समेत बागलुङमा पालना भएको छैन । सङ्क्रमण बढेपछि अभिभावकले भने विद्यालय बन्द गर्नुपर्ने माग गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय