scheduleबुधवार बैशाख २९ गते, २०७८

नेपालगञ्जमा लकडाउन

LOckdown_Sketch_Sajhapost

दाङ, ८ वैशाख । नेपालगञ्ज उपमहानगर क्षेत्रमा बुधबार मध्यरातिबाट लकडाउन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन गरिने निर्णय भएको जानकारी दिए ।

बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नु परेको गेलालले बताए।

लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत) सञ्चालनमा रोक लगाइएको बाँके जिल्ला प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।

अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको प्रशासनले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय