scheduleबिहिवार बैशाख २३ गते, २०७८

सूर्यलाई विश्वास गर्दा संकटमा

काठमाडौँ, ८ वैशाख । सिनामंगलको सूर्य ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थलबाट पुगेका १२२ जनालाई फर्काइएको छ।

विभिन्‍न देशमा जानका लागि सूर्याल्‍याबबाट पुगेका यात्रुहरुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएका हुन् । मंगलबार सूर्य ल्याबमा छापामा मारेर नक्कली पीसीआर रिपोट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई फिर्ता पठाईएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजनाथ बास्तोलाले जानकारी दिए ।

मंगलबार महानगरीय अपराध महाशाखाले अप्रेशन चलाएर प्रयोगशालाका ६ कर्मचारीलाई पक्राउ गरेको थियो।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय