scheduleबुधवार बैशाख २९ गते, २०७८

रक्सीको ह्याङओभरबारे नयाँ अध्ययन यसो भन्छ

एजेन्सी, ८ बैशाख । बढी रक्सी पिएपछि प्राय: सबैलाई ह्याङओभर हुने गर्छ । ह्याङओभरकै कारण कतिपय मानिस २-३ दिनसम्म उठ्न सक्दैनन् ।

रक्सी पिउने क्रममा बढी उमेरका मानिसहरुलाई पिउने मात्रा थाहा हुने र कलिलो उमेरमा बढी रक्सी पिए पनि बिहान उठ्दा सहज महसुस गर्ने आम बुझाइ छ । यससम्बन्धमा विभिन्न अध्ययन-अनुसन्धान भइरहेका छन् ।

तर हालै गरिएको एक अध्ययनले बढी उमेरका मानिसमा ह्याङओभर कम हुँदै जाने देखाएको छ । अर्थात् उक्त अध्ययनको निष्कर्षले लामो समयदेखि धेरै रक्सी पिउँदै आएका र ह्याङओभर हुने मानिसलाई केही राहत दिएको छ ।

उमेर बढ्दै जाँदा पारिवारिक जिम्मेवारी बढ्दै जाने भए पनि रक्सीबाट उत्पन्न हुने खराब प्रभाव भने घट्दै जाने सो अध्ययनको निष्कर्ष छ ।

नयाँ अध्ययनबाट प्राप्त निष्कर्षलाई अलकोहल एण्ड अलकोहलिज्म नामक जर्नलमा प्रकाशित गरिएको छ । ‘रक्सीको मात्रालाई नियन्त्रण गरिएको भएपनि ह्याङओभरको गम्भीर प्रभाव उमेरसँगै घट्दै जान्छ’, अध्ययनमा भनिएको छ ।

रक्सीको ह्याङ‌‌ओभर युवावस्थामा बढी हुने तर उमेर छिपिँदै गएपछि घट्ने अनुसन्धानले देखाउँछ । यसको एउटा कारण बढी उमेरका मानिसहरु पीडाप्रति कम संवेदनशील हुने र उनीहरुले रक्सीको ह्याङओभरलाई युवावस्थामा भन्दा कम गम्भीर रुपले लिने गर्नु हो ।

यसबाहेक, रक्सी पिएका मानिसको मुडले समेत ह्याङओभरको मात्रा र गम्भीरता निर्धारण गर्छ भन्ने अनुसन्धानको निष्कर्ष छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय