scheduleबिहिवार बैशाख २३ गते, २०७८

हेर्न नभ्याइनेमा राखियो सभामुख सापकोटाविरुद्धको मुद्दा

काठमाडौं, ८ वैशाख । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा राखिएको छ । यसअघि पनि सो मुद्दा पटक-पटक सुनुवाइका लागि पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।

उक्त मुद्दालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढाइएको थियो । अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको सर्वोच्चले जनाएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय