scheduleबुधवार बैशाख २९ गते, २०७८

कोभिड भाइरसलाई निष्प्रभावी बनाउने भिरोशिल्ड नेपाली बजारमा

काठमाडौं, ८ वैशाख । गोदरेज एप्लाएन्सेजको नयाँ उत्पादन भिरोशिल्ड नेपाली बजारमा आएको छ ।

नेपालकै सर्वाधिक रुचाइएको घरायसी ब्रान्ड मध्येको एक गोदरेज एप्लाएन्सेजले नेपाली बजारमा गोदरेजले सिंगल डोर रेफ्रीजेरेटर, डबल डोर रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर जस्ता घरायसी सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

आफ्नो नया उत्पादनलाई अग्रसर गर्दै गोदरेजले भिरोशिल्ड नामक नयाँ सामग्री उत्पादन गर्दै उपभोक्ताको लागि बजारमा ल्याएको हो ।

सिजीले नेपाली बजारमा पनि उक्त भिरोशिल्डको बिक्री वितरण शुरू गरेको छ । अहिलेको माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै गोदरेजले उक्त भिरोशिल्ड उत्पादन गरेको जनाएको छ ।

यसले २ देखि ६ मिनेटमा कोभिड भाइरसलाई डिस्इन्फेक्ट गर्ने क्षमता राख्ने कम्पनिले जनाएको छ ।

यसमा विभिन्न वस्तुहरु, खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल,
ट्याबलेट, वालेट, पर्स, सुनका गहनाहरु, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेशनरी, डकुमेन्टहरुलाई किटाणुरहित बनाउँछ ।

उक्त भिरोशिल्ड ३० लिटर क्षमतामा नेपाली बजारमा पाईन्छ। यसलाई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले पनि प्रमणित गरेको छ ।

गोदरेज ब्रान्डको अधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी ईओएल रहेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय