scheduleशनिवार जेष्ठ १ गते, २०७८

एप्पलद्वारा नयाँ उत्पादन सार्वजनिक, यस्तो छ बहुप्रतिक्षित एयरट्याग

एजेन्सी, ८ बैशाख । एप्पल कम्पनीले मंगलबार आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको छ । एप्पलले वार्षिक रुपमा आयोजना गरिने एक कार्यक्रममार्फत् नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

एप्पलले सार्वजनिक गरेका उत्पादनमा नयाँ आईप्याड प्रो, रिडिजाइन गरिएका आईम्याक, आईफोन, एप्पल टिभी एवं रिमोटका नयाँ मोडेल छन् । त्यस्तै कम्पनीले बहुप्रतिक्षित एयरट्याग समेत सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको नयाँ आईप्याड प्रोमा तीव्र गतिको प्रोशेसर, फाइभजी सपोर्ट, बाह्य मनिटरसँग जोड्ने थन्डरबोल्ट पोर्ट र मिनि लेड डिस्प्ले राखिएको छ । त्यस्तै एप्पलले रिडिजाइन गरेको २४ इन्चको आईम्याकमा नयाँ एम१ चिप राखिएको छ र यसको डिस्प्ले क्षमता ११.३ मिलियन पिक्सेलसहित ४.५ के (4.5 K) रहेको छ ।

यस्तो छ बहुप्रतिक्षित एयरट्याग

एप्पल कम्पनीले लामो समयदेखि चर्चामा रहेको तर गोप्य राखिएको एयरट्याग पनि सार्वजनिक गरेको छ । एयरट्याग एउटा ट्र्याकिङ डिभाइस वा key finder हो जसले key, वालेट, ल्यापटप र कारसहित अन्य उत्पादन खोज्न सघाउँछ ।

एयरट्यागलाई ब्लुटुथ लोकेटर पनि भन्न सकिन्छ । सानो, गोलो र समतल आकारको एयरट्यागलाई एप्पलको फाइन्ड माई एपमा कनेक्ट गरेपछि अन्य डिभाइस पत्ता लगाउन सकिन्छ । यसमा भएको स्पिकरबाट आउने आवाजले सामान कहाँ छन् भनेर थाहा पाउन सकिन्छ ।

यही अप्रिल ३० देखि बजारमा आउने एयरट्यागको मूल्य २९ डलर रहेको र ९९ डलरमा एकैपटक चारवटा किन्न सकिने पनि कम्पनीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय