scheduleआइतवार जेष्ठ २ गते, २०७८

अक्सिजन चुहिएपछि उपचाररत ११ कोरोना संक्रमितको मृत्यु

एजेन्सी, ८ बैशाख । भारतको महाराष्ट्रस्थित एक अस्पतालबाहिर अक्सिजन ग्यास चुहावट भएको छ । चुहावट भएपछि अक्सिजनको अभावमा कम्तिमा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

बुधबार नाशिकमा अवस्थित डा. जाकिर हुसेन एनएमसी अस्पतालबाहिर अक्सिजन चुहावट भएको र चुहावटका कारण कम्तिमा ११ जना कोरोना संक्रमितको ज्यान गएको महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोेपेले बताएका छन् ।

‘यो एउटा दु:खद घटना हो । प्रारम्भिक जानकारी अनुसार ११ मानिसको ज्यान गएको छ । हामीले पूर्ण विवरण प्राप्त गर्ने प्रयास गरिरहेका छौं’, टोपेले भने, ‘हामीले अनुसन्धान गर्न निर्देशन समेत दिएका छौं र जिम्मेवार व्यक्तिलाई कारबाही गरिने छ ।’

‘नाशिकमा ट्याङ्करको टुटीबाट निकै धेरै अक्सिजन चुहावट भएको छ र यसबाट अस्पतालमा निकै ठूलो प्रभाव पर्ने छ’, उनले भने ।

ट्याङ्करबाट अस्पतालमा पुन: अक्सिजन भर्ने क्रममा चुहावट भएको भारतीय समाचार माध्यमले जनाएका छन् । हाल चुहावटलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ । चुहावट भएपछि झण्डै ३० मिनेटसम्म अक्सिजनको आपूर्ति बन्द हुन पुगेको थियो ।

तर एएनआईको ट्विटरमा राखिएको भिडियोमा अस्पतालमा प्रयोग गर्ने अक्सिजन वरपरको क्षेत्रमा फैलिरहेको देख्न सकिन्छ ।

अक्सिजन चुहावट भएका बेला एनएमसी अस्पतालमा झण्डै १७१ जना बिरामी रहेको र २३ जनलाई अक्सिजन दिएर/भेन्टिलेटरमा राखेर उपचार भइरहेको समेत समाचारमा उल्लेख गरिएको छ । यही भएर ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय