scheduleबिहिवार बैशाख २३ गते, २०७८

डेब्यु गरेकै साता कुशल भुर्तेल आइसिसीको टी-२० वरीयतामा अटाए

काठमाडौं, ८ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टी-२० ब्याट्सम्यानको वरीयतामा अटाउन सफल भएका छन् ।

यो साता निकै चर्चामा रहेका भुर्तेलले गत शनिबार टी-२० मा डेब्यू गरेका थिए । उनी उक्त वरीयताको ९३औं स्थानमा पर्न सफल भएका हुन् । कुशल ३५९ अकंका साथ ९३ औं स्थानमा पुगेका छन् ।

ब्याट्सम्यानको वरीयतामा नेपाली टिमका अलराउन्डर पारस खड्का ८२औं स्थानमा छन् । उनी ३७६ अकंका साथ ८३ स्थानमा रहेका हुन् । खड्का अभ्यास खेलमा घाइते भएपछि मैदान बाहिरै छन् ।

बलिङतर्फ भने सन्दिप लामिछाने ४०४ अकंका साथ ७८ औँ स्थानमा उक्लिएका छन् ।

टी-२० मा डेब्यु लगत्तै भुर्तेलले नयाँ रेकर्ड कायम गरेर इतिहास रचेका थिए । उनले काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा लगातार तीन अर्धशतक प्रहार गरेर इतिहास रचेका हुन् । उनको उक्त सफलताले विश्व वरियतामा अघाउन पनि सघाउ पुग्यो । नेपाली राष्ट्रिय टिमका लागि लगातार तीन खेलमा अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी हुन् ।

भुर्तेलले कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार नेदरल्यान्ड्सविरुद्ध डेब्यू गर्दा उनले ६२ रन बनाए भने सोमबार मलेसियाविरुद्ध नटआउट ६१ रन बनाउन सफल भए । त्यस्तै, उनले मंगलबार नेदरल्यान्ड्सविरुद्ध फेरि ६२ रन जोड्न सफल भए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय