scheduleबिहिवार बैशाख २३ गते, २०७८

यादवको काँधमा काँग्रेस निर्वाचनको जिम्मा

काठमाडाैं, ८ फागुन । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा पूर्व सांसद, पूर्व महान्यायधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादव नियुक्त भएका छन् ।

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी बैठकले यादवलाई केन्द्रीय निर्वाचन समितिको संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम यादवलाई नियुक्त गरिएको कांग्रेसले जनाएको छ । बैठकमा महाधिवेशन तयारीका साथै पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको कांग्रेसले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय