scheduleबिहिवार बैशाख २३ गते, २०७८

खनाल– नेपाल पक्षले बिहीबार ओलीसमक्ष स्पष्टीकरण बुझाउने

काठमाडाैं, ८ वैशाख । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष स्पष्टीकरण बुझाउने भएका छन् । बुधबार बुद्धनगरमा बसेको सो पक्षको स्थायी कमिटी बैठकले बिहीबार नै स्पष्टीकरण बुझाउने निर्णय गरेको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिईन् ।

बैठकमा पार्टीभित्रको आन्तरिक विषयमा छलफल भएको र थप रणनीतिका साथ अघि बढ्ने निर्णय गरेको छ । शाक्यले स्थायी समितिका सदस्यबीच छलफल नभएको लामो समय भएकाले आगामी रणनीतिका बारेमा छलफल भएको बताईन् ।

नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण माग गरेका थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय