scheduleबिहिवार बैशाख २३ गते, २०७८

समर्थन फिर्ताबारे निर्णय लिने जिम्मा प्रचण्डलाई

काठमाडौं, ८ वैशाख । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न प्रचण्डलाई जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्षलाई दिएका छौँ। अब उहाँले आवश्यक निर्णय लिनुहुन्छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय