scheduleआइतवार जेष्ठ २ गते, २०७८

युरोपियन सुपर लिगबाट एटलेटिको म्याड्रिड र इन्टर मिलान पनि बाहिरिए

एजेन्सी, ८ चैत । युरोपका शीर्ष १२ क्लबले आइतबार घोषणा गरेको युरोपियन सुपर लिगबाट स्पेनको एटलेटिको म्याड्रिड र इटलीको इन्टर मिलान बाहिरिएका छन् । योसँगै घोषणा गरेको ४८ घण्टाभित्रै सुपर लिगबाट बाहिरिने क्लबको संख्या ८ पुगेको छ ।

यसअघि प्रियियर लिगका ६ क्लबले सुपर लिगबाट अलग भएको घोषणा गरिसकेका छन् । म्यान्चेस्टर सिटीले सबैभन्दा पहिला सुपर लिगमा सहभागी नहुने घोषणा गरेको थियो । लगत्तै लिभरपुल, आर्सेनल, म्यान्चेस्टर युनाइटेड, चेल्सी र टोटनह्यामले समेत उक्त लिगमा सामेल नहुने घोषणा गरेका हुन् ।

आइतबार इङ्लिश क्लबसहित स्पेनका रियल म्याड्रिड, बार्सिलोना तथा एटलेटिको म्याड्रिड र इटलीका एसी मिलान, इन्टर मिलान र युभेन्टसले सुपर लिगको घोषणा गरेका थिए । तर फुटबल समर्थक, फुटलबका नियामक निकाय एंव सरकारका मन्त्रीहरुले उक्त घोषणाको कडा विरोध जनाएका थिए ।

अब सुपर लिगमा ४ वटा क्लब मात्रै बाँकी छन् । ८ क्लब बाहिरिएपछि सुपर लिगले सार्थकता नपाउने लगभग निश्चित भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय