scheduleबिहिवार बैशाख २३ गते, २०७८

अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ कोरोना संक्रमितकाे मृत्यु

भारत, ८ वैशाख । भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ जनाको मृत्यु भएको छ।

नासिक म्युनिसिपल कर्पोरेशनले चलाएको अस्पतालमा उपचार गराइरहेका २२ जना कोरोना संक्रमितको ज्यान गएको हो ।

उनीहरुको अक्सिजनको कमीले मृत्यु भएको आफन्तहरूले बताएका छन्।

बिरामीहरूलाई अक्सिजन दिइरहेको ट्यांक लिक हुँदा उनीहरूलाई अक्सिजन कमी भएको र उक्त घटनाको अनुसन्धान गर्ने महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले बताएका छन्।

अक्सिजन ट्यांक लिक हुँदा झन्डै आधा घन्टासम्म अस्पतालमा अक्सिजन सप्लाई रोकिएको थियो । अस्पतालमा भर्ना गरिएका १५० जनामध्ये २३ जना भेन्टिलेटरमा रहेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय