scheduleआइतवार जेष्ठ २ गते, २०७८

इन्डोनेसियामा ५३ जना सवार पनडुब्बी बेपत्ता

एजेन्सी, ८ बैशाख । इन्डोनेसियामा जल सेनाका ५३ जना सदस्य सवार पनडुब्बी बेपत्ता भएको छ ।

बालीको उत्तरमा रहेको एक जल क्षेत्रमा सैन्य अभ्यास गरिरहेका बेला केआरआई-४०२ नामक पनडुब्बी बेपत्ता भएको हो । बुधबार भएको सैन्य अभ्यासका क्रममा पनडुब्बीले कुनै संकेत नदिएपछि बेपत्ता भएको पुष्टि भएको हो ।

बेपत्ता भएको उक्त पनडुब्बी जर्मनीमा बनेको र ५३ जना सवार रहेको इन्डोनेसियाको जल सेनाले बताएको छ । हाल हराइरहेको पनडुब्बीको खोजी कार्य भइरहेको त्यहाँका जल सेनाका अधिकारीहरुले बताएका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय