scheduleबिहिवार बैशाख २३ गते, २०७८

नेदरल्याण्ड र मलेसियाले अंक बाँढ्दा नेपाल फाइनलमा

काठमाडौं, ८ वैशाख । त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसिया र नेदरल्यान्ड्सले अंक बाँढ्दा नेपाल फाइनल प्रवेश गरेको छ । वर्षाले खेल प्रभावित भएपछि १३ ओभरमा छोट्याइएको खेल बराबरीमा रोकिएको हो ।

मलेसियालाई जितको लागि १० ओभरमा ९२ रन बनाउनु पर्ने भए पनि निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएपछि खेल बराबरी भएको थियो ।

कट अफ टाइमको कारण (समय सकिँदा) सुपर ओभर नभएपछि दुबै टोलीले अंक बाँढेपछि नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुग्न सफल भए ।

अन्तिम १ बलमा दुई रन चाहिँएको अवस्थामा मलेसियाले १ रन मात्र जोडेपछि केवल एक अंकमा चित्त बुझाउनु पर्‍यो । मलेसिया फाइनलमा पुग्न दुई खेल लगातार जित्नुपर्ने दवाबका साथ मैदानमा उत्रिएको थियो ।

जितको लागि मलेसियालाई अन्तिम ६ बलमा ७ रन चाहिँएको अवस्थामा भिभियन किंगमाले ६ रन दिदै नेदरल्यान्ड्सको फाइनल यात्रा सुनिश्चित गराए ।

अन्तिम २ बलमा दुई रन चाहिएको अवस्थामा अमिनुद्दीन राम्ली एलबिडब्लू आउट हुन पुगेपछि मलेसियाको फाइनल सपनामा धक्का लागेको हो ।

जितको लागि नेदरल्याण्डले १३ ओभरमा प्रस्तुत गरेको १ सय २० रनको विजयी लक्ष्य पछ्याउनेक्रममा मलेसिया ६ ओभरमा ५६-० को अवस्थामा पुगेको थियो ।
सोही बेला वर्षा भएपछि खेल १० ओभरमा झारिएको थियो ।

मलेसियाका लागि ओपनर सैद अजिज २६ बलमा २ चौका र २ छक्का सहित ३० रन जोड्दै मैदान छाडे । त्यस्तै अनवार अरुद्दीन १७ बलमा २ चौका र १ छक्का सहित २६ रनमा क्याच आउट भए भने विरनदीप सिंह १४ रन बनाए ।

नेदरल्यान्ड्सका सेबस्टियान ब्राटले २ विकेट र बास डी लिड र भिभियन किंगमाले १-१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो ।

नेदरल्याण्डले १०.२ ओभरमा ३ विकेट गुमाउँदा ६८ रन बनाउँदै खेलिरहेको थियो । सोही बेला वर्षाले खेल डेढ घण्टासम्म अवरुद्ध भएको थियो ।

वर्षापछि उसले केवल १६ बल खेल्दै १ विकेट गुमाउँदै ३९ रन जोड्न सक्यो ।
नेदरल्यान्ड्सका लागि बेन कुपर ३२ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५४ रनमा अविजित रहे भने कप्तान पिटर शिलार ३१ बलमा ५ चौका सहित ३७ रनमा बोल्ड आउट भएका थिए ।

त्यस्तै, एन्टोनियस स्टाल ५ बलमा १ छक्का सहित १० रनमा अविजित रहे ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी सहित ५ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ३ खेलमा १ अंक छ ।

नेपाल र नेदरल्याण्डबीचको फाइनल वैशाख ११ मा हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय