scheduleबिहिवार बैशाख २३ गते, २०७८

न्याय पाउँ भन्दै खनाल–नेपाल समूह सर्वोच्च अदालत पुग्याे

काठमाडौं, ८ वैशाख । नेकपा एमालेको खनाल–नेपाल समूह सर्वोच्च अदालतमा पुगेको छ । राजनीतिक दलसम्बन्धी ऐन विपरीत पदमुक्त गर्न खोजिएको भन्दै यो समूह न्यायको खोजीमा सर्वोच्च अदालत पुगेको हो ।

एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने भनेर मंगलवार स्पष्टीकरण सोधेका थिए ।

त्यसको भोलिपल्ट नेपाल समूह ‘राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिपाऊँ’ भन्ने माग गर्दै अदालत गएको हो ।

उनीहरु दिउँसो ३ बजे अदालत पुगेको भए पनि रिट दर्ता भने भइसकेको छैन । कर्मचारीले नभ्याउने भनेर अहिलेसम्म दर्ता नगरेका उनीहरुले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय