scheduleबिहिवार बैशाख २३ गते, २०७८

एक होटलमा ओली र माधव नेपालबीचको वार्ता सुरु, विष्णु पौडेल पनि सहभागी

काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच वार्ता सुरु भएको छ ।

नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला ओली र नेपालबीच वार्ता शुरू भएको हो ।

नागपोखरीस्थित होटल मारियटमा अर्थमन्त्री विष्णु पौडेलसहितको वार्ता शुरू भएको स्रोतले जनाएको छ ।

बुधवार नै प्रधानमन्त्री ओलीसँग सचिव योगेश भट्टराईले पनि भेटेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय