scheduleबिहिवार बैशाख २३ गते, २०७८

कामकाज प्रविधिमैत्री बनाउनेबारे संसदीय समितिमा छलफल

काठमाडौं, ८ वैशाख । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपालमा प्रविधिको विकाससँगै कामकाज पनि प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा बुधवार बसेको समितिकाे बैठकले नेपालमा प्रविधिको विकास भए पनि कामकाज प्रविधिमैत्री हुन नसकेको भन्दै यसमा ध्यान दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सुझाव दिएको हो ।

बैठकमा समिति सभापति कृष्णप्रसाद दाहालले हुलाक सेवालाई उत्पादनसँग जोडेर अगाडि बढाउनुपर्ने बताए । उनले आइटी इञ्जिनीयर रोजगारीका लागि विदेश जान नपर्ने गरी आगामी नीति तथा कार्यक्रम तय गर्न सरकारलाई सुझाव दिए ।

बैठकमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयले डिजिटल नेपालको फ्रेमवर्कलाई पूरा गर्ने गरी तीव्र रूपमा काम गरिरहेको र आगामी आर्थिक बजेटमा समेत त्यसलाई प्राथमिकता दिएको बताए ।

सचिव बस्यालले हुलाकी सेवालाई प्राधिकरणको मोडलमा लैजाने, पत्रकारको प्रेसपासको समस्या र सेक्युरिटी प्रिन्टिङ प्रेसलगायत विषय प्राथमिकताका साथ आगामी बजेटमा समावेश गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।

बैठकमा सांसदहरुले अझै पनि कतिपय दूरदराजका बस्तीमा नेपाल टेलिकमकै सेवा पुग्न नसकेको भन्दै सेवा विस्तार र गुणस्तरीयता ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

चालु आवको बजेट कार्यान्वयनको अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय