scheduleबिहिवार बैशाख २३ गते, २०७८

नेपाल-खनाल पक्षको निवेदन अदालतले दर्ता गर्नै मानेन

काठमाडौं, ८ वैशाख । नेकपा एमालेका माधव नेपाल-झलनाथ खनाल पक्षीय सांसदहरुको निवेदन सर्वोच्च अदालतले दर्ता गर्न नमानेको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिएका छन् ।

निर्धारित समयमै अदालत पुगे पनि सांसदहरुको निवेदन दर्ता गर्न अदालतले अस्वीकार गरेको भट्टराईले बताए।

नेपाल पक्षका सांसद राजनीतिक दलसम्बन्धी ऐन विपरीत सांसदबाट पदमुक्त गर्न खोजिएको भन्दै अध्यक्ष केपी ओलीविरुद्ध अदालत पुगेका हुन् ।

‘राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसदलाई पदमुक्त गर्न खोजेकोले त्यसलाई रोकिपाऊँ’ भन्ने माग गर्दै नेपाल समूह बुधबार दिउँसो ३ बजे अदालत पुगेको थियो। तर, अदालतमा कर्मचारीले दर्ता गर्न नमानेका हुन्।

यद्यपि, अदालतले निवेदन अध्ययन गरेपछि दर्ताबारे विचार गर्न सकिने जनाएको छ । अदालतका कर्मचारीहरुले निवेदन अध्ययन गर्न समय मागेको भट्टराईले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय