scheduleआइतवार जेष्ठ २ गते, २०७८

ब्राजिलमा अर्को चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति

रियो दि जेनेरियो, ९ वैशाख । ब्राजिलले दोस्रो चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ ।

ब्राजिलको स्वास्थ्य अनुगमन ब्युरोले बुधबार दिएको जानकारी अनुसार गत १६ तारिख चीन क्लोभर बायोफार्मास्यूटिकल्सद्वारा अनुसन्धान गरिएको कोभिड–१९ विरूद्धको खोपलाई ब्राजिलमा दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको छ ।

यो ब्राजिलमा क्लिनिकल परीक्षण गर्न अनुमति प्राप्त गरेको दोस्रो किसिमको चिनियाँ कोभिड खोप हो । गत वर्षको जुलाई महिनामा चीनको सिनोभ्याक्सद्वारा अनुसन्धान गरिएको कोभिडविरूद्धको खोप ब्राजिलमा तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको थियो । सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय