scheduleआइतवार जेष्ठ २ गते, २०७८

हैदरावादको सिजनमै पहिलो जित, अंक तालिकामा उक्लियो

काठमाडौं, ८ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले सिजनकै पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा हैदराबादले पन्जाब किङ्सलाई ९ विकेटले हराउँदै जित दर्ता गरेको हो ।

एमए चिदमवर्मा क्रिकेट स्टेडियममा पन्जाबले दिएको १२१ रनको सामान्य लक्ष्य हैदराबादले १८ ओभर ४ बलमा १ विकेट गुमाउँदै १२१ रन बनाउँदै विजय निकाल्यो ।

हैदराबादका लागि जोनी बेरेस्टोले ५६ बलमा ३ चौका र ३ छक्का ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै डेभिड वार्नरले ३७ रन बनाउँदा केन विलियमसनले १६ रनको योगदान गरे ।

पन्जाबका लागि फाबियन एलेनले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पन्जाब किङ्सले १९ ओभर ४ बलमा अल आउट हुँदै १२० रन जोडेको थियो । पन्जाबका लागि मयंक अग्रवाल र साहरुख खानले समान २२–२२ रन जोडे । त्यस्तै क्रिस गेलले १५ रन बनाउँदा मोहिस हेनरिक्यु १४ तथा दीपक हुड्डाले १३ रन जोडे ।

हैदरावादका लागि कहलेल अहमेदले ३ विकेट लिए भने अभिषेक शर्माले दुई विकेट लिँदा भुवनेश्वर कुमार, शिदार्थ कउल र राशिद खानले समान १–१ विकेट लिए ।

जितसँगै हैदराबादले ४ खेलबाट एक जित निकाल्दै २ अंक जोडेको छ । हैदराबाद तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने पराजित पन्जाब २ अंकसहित तालिकाको पुछारमा झरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय