scheduleबिहिवार बैशाख २३ गते, २०७८

लुम्बिनी प्रदेशका कोरोना अस्पताल संक्रमितले भरिए, उपचार पाउन अप्ठ्यारो

दाङ, ८ वैशाख । दाङसहित लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पताल कोरोना संक्रमितले भरिएका छन् । कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै कोरोना अस्पतालहरु बन्द भएका हुन् ।

कोरोना विशेष अस्पताल बिरामीले भरिएपछि नयाँ सङ्क्रमितले उपचार पाउन अप्ठ्यारो भएको छ । दाङको बेलझुण्डी, रुपन्देहीको बुटवल, भैरहवा र बाँकेको नेपालगञ्जमा रहेका कोरोना विशेष अस्पताल सङ्क्रमितले भरिएपछि नयाँ सङ्क्रमितले उपचार पाउन अप्ठ्यारो भएको हो ।

कोरोना विशेष अस्पतालबाहेक दाङको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पनि केही बिरामी भर्ना भएका छन् ।नेपालगञ्ज मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, क्रिमसन अस्पताललगायतमा पनि कोरोनाका बिरामीको उपचार भइरहेको छ ।

भारतबाट भित्रिनेको सङ्ख्या बढेसँगै लुम्बिनी प्रदेशका तीन जिल्लामा सङ्क्रमितको सङ्ख्या उच्च दरमा बढेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

दाङ, बाँके र रुपन्देहीमा सङ्क्रमित एक हप्तामै पाँच गुणाले बढेपछि चिन्ता थपिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय