scheduleबिहिवार बैशाख २३ गते, २०७८

हँसिलो अनुहार बनाउँदै ओली र नेपाल मेरियटबाट बाहिरिए

काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।

बुधबार अपराह्न मेरियट होटेलमा शुरु भएको वार्ता सकिएको हो । काठमाडौंको मेरियट होटलको ९०१ नम्बर कोठामा उनीहरुबीच २ घण्टा ‘वान टु वान’ वार्ता सकिएसँगै नेताहरु बाहिरिएका हुन् ।

वार्तामा भएको कुराकानीबारे केही कुरा बाहिरिएको छैन । पार्टी फुटउन्मुख भएको बेला नेताद्वयबीच लामो समयदेखिको संवादहिनतालाई तोड्दै वार्ता भएको हो ।

वार्ता सकिएपछि दुवै नेता होटलबाट बाहिरिएका छन् । तर, दुवैले वार्तामा भएको कुराकानीका विषयमा प्रतिक्रिया दिन रुचाएनन् ।

होटलबाट निस्कनेक्रममा नेताद्वय खुसी देखिएका होटलमा रहेका एमालेका एक नेताले जानकारी दिए । वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले वार्ता सकारात्मक भएको बताएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय