scheduleबिहिवार बैशाख २३ गते, २०७८

कोरोना संक्रमणमा भारतले विश्व रेकर्ड बनायो, एकैदिन ३ लाखभन्दा बढी संक्रमित

नयाँ दिल्ली, ९ वैशाख । भारतले कोरोना संक्रमणमा एकप्रकारको विश्व रेकर्ड नै बनाएको छ । यहाँ बुधबार एकैदिन ३ लाख १६ हजार मानिसमा कोरोनाभाइरसको संक्रमण भएको हो ।

यसरी एकैदिन यति धेरै कोरोनाभाइरसका संक्रमित थपिने भारत संसारकै पहिलो देश बनेको हो । यसअघि अमेरिकामा एकैदिन कोरोनाभाइरसका ३ लाख संक्रमित थपिएका थिए । त्यहाँ गत जनवरी ८ मा ३ लाख ७ हजार ५ सय ८१ जना संक्रमित थपिएका थिए ।

संक्रमितको संख्या ह्वात्तै बढ्दा यसबाट ज्यान गुमाउनेको संख्यामा पनि तिव्रता आएको छ । बुधबार भारतका २ हजार १ सय २ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाए ।

भारतमा केवल १७ दिनमा दैनिक संक्रमितको संख्या १ लाखबाट तीन लाख पुगेको हो । अप्रिल ४ मा पहिलो पटक दैनिक संक्रमितको संख्या १ लाख रहेको थियो ।

भारतका महाराष्ट्र, दिल्ली, केरला, उत्तर प्रदेश, छत्तीसगढलगायत राज्यमा कोरोना भुसको आगो जस्तो फैलिइरहेको छ ।

भारतमा अहिलेसम्म १ करोड ५९ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख ८४ हजार संक्रमितले ज्यान गुमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय