scheduleबिहिवार बैशाख २३ गते, २०७८

नेकपा स्थापना दिवसमा गोकर्णको सन्देश- केही आशा पलाएको छ

काठमाडौं, ९ वैशाख । सत्तारुढ नेकपा एमालेका नेता गोकर्ण विष्टले कम्युनिष्ट आन्दोलनको रक्षार्थ निरन्तर प्रयत्न गर्न आह्वान गरेका छन् ।
एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबीच बुधबार भेटघाट भएसँगै विहीबार नेकपा स्थापना दिवसको सन्दर्भ पारेर उक्त आह्वान गरेका हुन् । ‘कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको छ,’ उनले भनेका छन् ।
लेनिन जन्मजयन्तीमा नाटककार विलियम शेक्सपियरलाई सम्झिएका विष्ट पछिल्लो समय एमालेभित्र कुन समूहमा लाग्ने भन्ने द्विविधामा रहेका छन् । उनलाई ओली समूहले स्पष्टीकरण पनि सोधेको छैन ।
‘विलियम शेक्सपियरले भनेजस्तै – “जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ ।” जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान संभव छ । हेक्का राखौँ, समय र समुद्रको छालले कसैलाई पर्खंदैन,’ नेता विष्टले भनेका छन् ।
विष्टले अगाडि लेखेका छन्, ‘आज नेपाल कम्युनिस्ट पार्टीको ७२औं स्थापना दिवस । हजारौँ योद्धाको रगत पसिनाबाट निर्मित पार्टीको एकतालाई जोगाउन संकल्प गरौँ । आन्दोलनको रक्षार्थ निरन्तर प्रयत्न गरौँ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय