scheduleआइतवार जेष्ठ २ गते, २०७८

क्याडिजमाथिको सहज जीतसँगै रियम म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौं, ९ बैशाख । क्याडिजलाई ३-० ले हराउँदै ला लिगाको शीर्ष स्थानमा उक्लन सफल भएको छ । शीर्षस्थानमा उक्लिएको रियलको ३२ खेलबाट ७० अंक बटुलेको छ छ । क्याडिज ३६ अंकसहित जोडेर १३औं स्थानमा रहेको छ ।

बुधबार राति क्याडिजको मैदानमा भएको खेलमा रियलको जीतका लागि करिम बेन्जेमाले दुई र अल्भारो ओर्डिजोलाले एक गोल गरे । तीनै गोल पहिलो हाफमा भएका थिए । रियलले खेलको शुरुवात देखि क्याडिजलाई दबाबमा राखेको थियो ।

रियलले ३०औं मिनेटमा करिम बेन्जेमाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । पेनाल्टी बक्समा भिनिसियस जुनियरलाई इसाक कार्सेलेनले लडाएपछि भिएआरको सहायतामा रियलले पेनाल्टी पाएको थियो । ३३औं मिनेटमा बेन्जेमाको पासमा अल्भारो ओर्डिजोलाले गोल गरेका थिए । त्यस्तै ४०औं मिनेटमा बेन्जेमाले पुन: गोल गर्दै रियललाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

क्याडिजमाथिको सहज जीतसँगै रियलले एटलेटिको म्याड्रिडलाई अंक तालिकामा उछिनेको छ । दुबै टोलीको अंक ७० भए पनि हेड टु हेडका आधारमा एटलेटिको पछि परेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय