scheduleआइतवार जेष्ठ २ गते, २०७८

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसिया खेल्दै

काठमाडौं, ९ वैशाख । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल अपराह्न सवा १ बजेबाट सुरु हुनेछ ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सहज जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटको पराजित गरेको थियो । नेपाल सिरिजको फाइनलमा पुगिसकेको छ भने मलेसिया लिगबाट बाहिरी सकेको छ ।

तर, अन्तिम खेलमा नेपाललाई हराएर मलेसिया सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । सिरिजको फाइनल खेलमा नेपालले पर्सी नेदरल्यान्ड्ससँग खेल्नेछ । सिरिजको ३ खेलमा मलेसियाले जम्मा १ अङ्क जोडेको छ ।

नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ भने नेपाल ३ खेलमा ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय