scheduleबिहिवार बैशाख २३ गते, २०७८

आईपीएल: आज बैंगलोर र राजस्थानबीच खेल

नयाँ दिल्ली, ९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ । भारतमा जारी १४ औं संस्करण अन्तर्गत आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेल राती ८ बजेबाट सुरु हुनेछ । आजको खेलमा बैंगलोर जित हात पार्दै लिगको शिर्ष स्थानमा उक्लन चाहन्छ भने राजस्थान आफ्नो वरियता सुधार गर्न चाहन्छ ।

लिगमा बैंगलोरले ३ खेलमा ३ वटैमा जित हात पारेको छ भन रास्थानले ३ खेलमा मात्र १ खेलमा जित हात पारेको छ । यसअघि बुधबार राति भएका खेलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सले जित हात पारेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय