scheduleआइतवार जेष्ठ २ गते, २०७८

नेताहरूलाई सम्झाउने आफ्नो प्रयासलाई कमजोरीका रूपमा नलिन ओलीको चेतावनी

काठमाडाैं, ८ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरसक पार्टीमा क्षति नहोस् भनेर अर्को पक्षका नेताहरूलाई सम्झाउने प्रयासमा रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७३औं स्थापना दिवसको अवसरमा बिहीबार बल्खुमा केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेताहरूलाई सम्झाउने आफ्नो प्रयासलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी पनि दिए ।

अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि अहिलेसम्म आफुहरुको प्रयास कारबाही नगरी सम्झाउनेमा रहेको उनको भनाई छ । व्यक्तिगत रूपमा नेताहरूसँग कुराकानी भए पनि अब पार्टीमा गुटगत गतिविधिलाई मान्यता दिन नसकिने ओलीले बताए । ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने र पार्टीलाई अनुचितरुपमा कब्जा गर्ने प्रयासलाई विफल तुल्याएर जनताका समृद्धिका अपेक्षा पूरा गर्नुपर्ने धारणा राखे ।

उनले न्याय, समता र समृद्धिको परिकल्पनासहित कम्युनिष्ट आन्दोलनका अगुवाले असाधारण दूरदर्शितासहित पार्टी स्थापना गरेकाले उक्त लक्ष्य आफूहरुले पूरा गर्नुपर्ने बताए ।

विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त एमालेको केन्द्रीय कार्यालय पुनः निर्माण हुन लागेको हो । सो स्थानमा एमालेका १३ रोपनी जग्गा छ । पुनः निर्माणको लागत र अवधि सार्वजनिक गरिएको छैन ।कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रवक्ता प्रदीपकुमार ज्ञवालीलगायत नेता सहभागी भएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय