scheduleबिहिवार बैशाख २३ गते, २०७८

मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भनेपछि बालिका खड्का पक्राउ

काठमाडौं, ९ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई बलात्कारी भनेर गालीगलाैज गर्न थालेपछि प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पार्टी कार्यालय निरीक्षणमा गएका राईविरुद्ध खड्का गाली गलाैजमा उत्रेपछि नेकपा एमालेको कार्यालय थापाथलीबाटै प्रहरीले खड्कालाई पक्राउ गरेको हो ।

मुख छाडेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

बालिकाले मुख्यमन्त्री राईले आफूलाई बारम्बार याैन शोषण गरेको बताउँदै आएकी छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय