scheduleबिहिवार बैशाख २३ गते, २०७८

पुनः एक्लाएक्लै भेट्दै अध्यक्ष ओली र नेता नेपाल

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता हुने भएको छ । उनीहरुबीच विहीबार दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो ।

बुधबार साँझ लामो समयदेखिको संवादहिनता तोड्दै होटल मेरियटमा ओली र नेपाल बीच दुई घण्टा बढी एक्लाएक्लै कुराकानी भएको थियो । साँझ लामो कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच फेरि अहिले भेटवार्ता हुन लागेको हो ।

विहीबार बिहान बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्दै अध्यक्ष ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका थिए । उनले नेताहरुलाई सम्झाउने र सच्याउने प्रयास जारी राखेको बताए ।

उनले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने प्रष्ट पारे ।

‘हामी सम्झाइबुझाइ गरिरहेका छौं। सम्झाउने र सच्याउने प्रयास छ। हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैन,’ ओलीले भने, ‘तर अनुशासनहीनता र अराजकतासँग हामी सम्झौता गर्दैनौं।’

उनले अगाडि थपे, ‘व्यक्तिगत तवरमा कुराकानी गर्न सकिन्छ। तर समूहगत रूपमा कुनै गुटको प्रतिनिधित्व गर्नेसँग कुरा गर्न सकिँदैन, अब पार्टीमा गुट चल्दैन। दुवैतर्फ बराबर मानिस भएर डोरी तान्न सकिँदैन। बरू डोरी चुँडिएला कोही कतै जाँदैन।’

कार्यक्रम सकिएलगत्तै उनले नेता नेपाललाई फोन समेत गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय