scheduleबिहिवार बैशाख २३ गते, २०७८

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन

बाँके, ९ वैशाख । बाँकेमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बिहीबारबाट लागु हुनेगरी एक साताका लागि लकडाउन गरीएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तीव्र गतिमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउनका कारण बजार सुनसान बनेको छ । सडकमा मानिसहरुको उपस्थिति छैन ।

अत्यावश्यक सेवा बाहेक अरु सबै बन्द गरिएको छ । स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्द पदार्थ, औषधl पसल, बैंकको एटिएमलगायतका अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरु र हवाइ सेवा भने निर्वाध सञ्चालनमा छन् ।

यस्तै एम्बुलेन्स, शववाहक, दमकल, झण्डावाल सवारी र कुटनीतिक नियोग, लामो दुरीका सवारी साधन, मालकबाहक साधन, निर्माण सामग्री ढुवानीका साधानहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधन, अनुमति लिएका सवारी साधन पनि चलेका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गत वर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना संक्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय