scheduleबुधवार बैशाख २९ गते, २०७८

‘ओली सर बिरालो, माधव आदि मुसा… खुइल्याउने सुरले दर्शन दिएछन्’

काठमाडौं, ९ वैशाख । सत्तारुढ नेकपा एमाले आन्तरिक विवादका कारण विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बुधबार भेटघाट भएको थियो ।

मेरियट होटेलमा भएको भेटघाटपछि दुवै नेता हँसिलो अनुहार बनाउँदै बाहिरएका थिए । आज पनिओली र नेपालले पुन: एक्लाएक्लै भेट्दैछन् । आज दिउँसो दुई बजेपछि उनीहरुबीच भेटघाट हुँदैछ ।

पार्टीमा देखिएको विवाद हल गर्दै पार्टीलाई पुन: एकतावद्ध बनाउने प्रयास स्वरुप ओली र नेपाल समूहका नेताहरुबीच पुन: आपसी छलफलमा संलग्न भएको बताइन्छ ।

पानी बाराबारको अवस्थामा पुगेका ओली र नेपालबीच एकाएक भेटघाट र छलफल सुरु भएपछि नेपाली समाज एक हिसाबले तरङ्गित बनेको छ । नेता, बुद्धिजीवीदेखि आम नागरिकले ओली र नेपालबीच बुधबार भएको भेटघाटप्रति विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

यसरी प्रतिक्रिया दिनेमा वरिष्ठ लेखक एवं साहित्यका खगेन्द्र संग्रौला पनि थपिएका छन् । देश, समाज र राजनीतिमा व्याप्त विसंगति एवं विकृतिप्रति कडा व्यङ्ग्य गर्दै आएका संग्रौलाले बुधबार ओली र नेपालबीचको भेटघाटप्रति कडा कटाक्ष गरेका छन् ।

संग्रौलाले आफ्नो पछिल्लो व्यङ्ग्यमा ओलीलाई बिरालो र माधव नेपालसहितका नेतालाई मुसासँग तुलना गरेका छन् । माधव र योगेश भट्टराई लगायतका नेताहरुलाई जिल्ल्याउने र खुइल्याउने मनसायले ओलीले दर्शन दिएको संग्रौलाको भनाइ छ ।

‘स्वभावमा ओली सर बिरालाे हुन्,माधव आदि मूसा हुन् । भुल्याउने,झुलाउने,जिल्ल्याउने र खुइल्याउने सुरले ओली सरले माधव र याेगेशलाई आज दर्शन दिएछन्’, संग्रौलाले आफ्नो ट्विटरमा लेखेका छन्, ‘क्याप्प समात्नु,पलभर छाड्नु,फेरि समात्नु, फेरि छाड्नु र अन्त्यमा ज्यान लिनु त बिरालाकाे धर्मै हाे। मुसा माधव-याेगेश एकता हुने भाे भनेर मक्ख!’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय