scheduleबिहिवार बैशाख २३ गते, २०७८

करनको शानदार ब्याटिङमा मलेसियालाई २१८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, ९ वैशाख । नेपालले त्रिकोणात्मक टि-ट्वान्टी आई क्रिकेट सिरिजअन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि करन केसीले सानदार ब्याटिङको मद्दतमा नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको हो ।

टि-ट्वान्टीमा नेपालले बनाएको यो दोस्रो सर्वाधिक रन हो । यसअघि १३औं सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।

डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि नेपाल रक्षात्मक बनेको थियो । नेपाली पारी सम्हाल्न मैदानमा आएका कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग ७३ रनको साझेदारीपछि नेपालको दोस्रो विकेट पतन भयो ।

१२औं ओभरमा दुवै खेलाडी आउट भएपछि नेपाल पुनः रक्षात्मक अवस्थामा फर्कियो । अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफिकबाट क्याच आउट गराए भने पाँचौं बलमा आसिफलाई एलबिडब्यू आउट गराए । २५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए ।

कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाउँदा उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भए ।

नेपालका लागि सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्को मद्दतमा ४५ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाएका थिए । विनोद भण्डारी भने ८ रन मा आउट भए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय