scheduleबिहिवार बैशाख २३ गते, २०७८

आफू निकट सांसदहरुसँग महन्थ ठाकुरको छलफल

काठमाडौं, ९ वैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरुसँग छलफल गरेका छन् ।

बिहीबार उनले पूर्व राष्ट्रिय जनता पार्टीका सांसदहरुको भेला बोलाएका थिए ।

अनौपचारिक भनिएको बैठकमा अध्यक्ष ठाकुरले पार्टीमा के भइरहेको छ भन्ने विषयमा ब्रिफिङ गरेको छलफलमा सहभागी भएका एक सांसदले बताएका छन् ।

सत्ता सहकार्यका विषयमा जनता समाजवादी पार्टीभित्र दुई धार देखिएको छ ।

पूर्व समाजवादी पार्टी अर्थात अध्यक्ष उपेन्द्र यादव र संघीय परि‍षद अध्यक्ष डा। बाबुराम भट्टराई पक्ष नेकपा एमालेबाहेकका दलहरुसँग सत्ता सहकार्य गर्नुपर्ने पक्षमा छ भने पूर्व राजपा अर्थात महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लचिलो देखिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय