scheduleबिहिवार बैशाख २३ गते, २०७८

मेरियट होटल पुगे ओली र नेपाल

काठमाडौं, ९ वैशाख । बिहीवार पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल छलफलका लागि मेरियट होटल पुगेका छन् ।

दोस्रो दिनको वार्ता शुरू भएको एक नेताले बताएका छन् । ओली र नेपालबीच आज हुने वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय गर्ने भएकाले यसलाई निर्णायक ठानिएको छ ।

नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच केही बेरअघि वार्ता शुरू भएको हो । बुधबार ओली र नेपालबीच भएको भेटले लामो संवादहिनता तोडेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय