scheduleबिहिवार बैशाख २३ गते, २०७८

स्पष्टीकरणको जवाफ दिँदै माधवले ओलीलाई भने– तपाइकै ‘आपराधिक’ चिन्तन होइन र ?

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले नयाँ पार्टी खोलेको भन्नु केपी शर्मा ओलीको आपराधिक चिन्तन भएको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता नेपालले आफूले नयाँ पार्टी खोलेको भनेर भन्नु ओलीकै आपराधिक चिन्तन भएको बताएका हुन् ।

आफूले उठाएको आवाजलाई कृपी शर्मा ओलीले ‘आपराधिक’ देख्नु आफैंमा पार्टीविरुद्ध आपराधिक’ चिन्तन भएको भन्दै उनले पार्टीको इतिहास, सिद्धान्त, कार्यक्रम, नीति र विधिको रक्षार्थ काम गर्नुपर्नेमा त्यस विपरित गएको आरोप लगाए ।

उनले फागुन २८ गते गरेको पार्टी विधान विपरितको निर्णय रद्द गर्र्ने माग गर्दा अलग पार्टी खोलेको भन्नु आपत्तिजनक र हास्यास्पद भएको नेता नेपालको जवाफ छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय