scheduleबुधवार बैशाख २९ गते, २०७८

ओली र नेपालबीचको २ घण्टे ‘वान टु वान’ वार्ता सकियो, वार्ता कायमै राखौं भन्दै बाहिरिए

काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिष्ट पाटी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको बिहीवारको छलफल पनि सकिएको छ । यसअघि बुधवार पनि उनीहरुबीच छलफल भएको थियो ।

उनीहरुबीच झण्डै २ घण्टा ‘वान टु वान’ वार्ता भएको प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले बताए ।

नक्सालस्थित मेरियट होटलमा दिउँसो २ बजेपछि उनीहरूबीच ‘वान टु वान’ वार्ता सुरु भएको थियो । दुवैजना आ– आफ्नै अडानमा कायमै रहेको र ओलीले वार्ता कायमै राखौं भनेर निस्किएको स्रोतले बताएको छ ।

बिहीबार ओलीसँग भेट्न जानुअघि नेपालले आफूनिकट नेताहरूसँग बुधबार ओलीसँग भएको कुराकानीबारे ब्रिफिङ गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय