scheduleआइतवार जेष्ठ २ गते, २०७८

कोरोना अपडेट : २४२८ संक्रमित थपिए, ५ जनाकाे मृत्यु

काठमाडौं, ९ वैशाख । नेपालमा बिहीवार थप २४ सय २८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १० हजार १ पीसिआर परिक्षणका क्रममा २३ सय ६५ र ४४७ एन्टीजेन परिक्षणका क्रममा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९२ हजार १५२ पुगेको छ । त्यस्तै थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार ११७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २५२ जना कोरोनमुक्त भएका छन् ।

नेपालमा हालसम्म दुई लाख ७६ हजार ३४५ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । हालस १२ हजार ६९० जना आइशोलेशन र ८१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २३ लाख ७९ हजार ४०२ वटा पिसिआर परिक्षण गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय