scheduleआइतवार जेष्ठ २ गते, २०७८

ओलीको भष्मासुर प्रवृत्तिकै कारण कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्‍याे – खनाल

फाइल फोटो

कास्की, ९ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीको भष्मासुर प्रवृत्तिकै कारण कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा परेको बताएका छन् ।

ओलीलाई भष्मासुर प्रवृत्ति सुधार्न सुझाब दिदै उनले यस्तो बताएका हुन् ।

खनाल–नेपालपक्षीय एमाले कास्की जिल्ला कमिटीले गरेको नेपाल कम्युनिस्ट पार्टीको ७२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै खनालले ओलीको भष्मासुर प्रवृत्तिकै कारण नेपाली कम्युनिस्ट आन्दोलन अप्ठ्यारो अवस्थामा आइपुगेको बताए ।

अझै पनि ओली सच्चिने हो भने कम्युनिस्ट एकता सम्भव रहेको भन्दै उनले एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षमा ओली निर्वाचित भएसँगै उनले पार्टीलाई नवअवसरवादी भड्काउतर्फ लाने प्रयास गरिरहेको आरोप लगाए ।

ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा देशभर गुटमार्फत पार्टी सञ्चालन गरेकोसमेत बताए । ओलीले मन्त्रिपरिषद् गठनदेखि योजना आयोग बनाउँदासम्म पार्टीसँग कुनै सल्लाह नगरेको र गुटको मन्त्रिपरिषद् र गुटकै योजनामा अगाडि बढेको खनालले बताए ।

ओली विधि र पद्धत्तिमा हिड्नुभन्दा गुटको आधारमा चल्दा जनताको आशा र भरोसामा घात भएको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय