scheduleआइतवार जेष्ठ २ गते, २०७८

विद्यालय पुनःनिर्माण असार मसान्तसम्ममा सकिने

काठमाडौं, ९ वैशाख । भूकम्पबाट पूर्णरुपमा क्षति भएका हरेक विद्यालय भवनको आगामी असार मसान्तसम्ममा पुनःनिर्माण कार्य सकिने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले बिहीवार गरेको पत्रकार सम्मेलनमा आयोजना निर्देशक रामशरण सापकोटाले भूकम्पका कारण ३१ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५८४ कक्षाकोठामा क्षति पुगेको र क्षतिग्रस्तमध्ये छ हजार २४६ वटा भवनको पुनःनिर्माण भइसकेको बताए ।

बाँकी रहेका एक हजार ३०७ वटा विद्यालय भवनको आगामी तीन महिनाभित्र निर्माण सम्पन्न भइसक्ने उनले बताए ।

एकाइका अनुसार विद्यालय व्यवस्थापन समितिमार्फत चार हजार ९३३, निर्माण व्यवसायीमार्फत ५५४ र गैरसरकारी संस्थामार्फत् ७५९ विद्यालय भवन पुनःनिर्माण गरिसकिएको छ । उनले ३८ वटा क्याम्पस र १ वटा प्राविधिक शिक्षालयको निर्माण कार्य सुरु भएको बताए ।

एकाइका आयोजना निर्देशक सापकोटाले दातृ निकायबाट अनुमान गरिए जति प्राप्त नभएकोले रकम अभावको समस्या रहेको बताउँदै अब त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस र प्राविधिक शिक्षालयको पुनःनिर्माण कार्य थालिने बताए ।

एकाइका आयोजना उपनिर्देशक डा. युवराज पौडेलले जग्गाको उपलब्धता लगायतका कारण सबै विद्यालयलाई पुनःनिर्माणमा समेट्न नसकिएको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय