scheduleआइतवार जेष्ठ २ गते, २०७८

समयमै अक्सिजन सिलिण्डर उपलब्ध नहुँदा भेरी अस्पतालमा २ घण्टा तनाव

बाँके, ९ वैशाख । नेपालगन्जको भेरी अस्पतालमा अक्सिजन सिलिण्डर उपलब्ध नहुँदा २ घण्टाभन्दा धेरै समय तनाव भएको छ ।

आपूर्तिकर्ताले समयमै सिलिण्डर उपलब्ध नगराउँदा करिब २ घण्टा तनावपूर्ण स्थिति सिर्जना भएको छ । अक्सिजन सिलिण्डर सप्लायर्सको प्लान्टमा विद्युत् ट्रान्सफर्मर बिग्रिएपछि सिलिण्डर भर्न नपाउँदा आपूर्तिमा समस्या भएको बताइएको छ ।

सप्लायर्सले ठूलो खालको सिलिण्डर समयमै उपलब्ध नगराउँदा अक्सिजन व्यवस्थामा केही चुनौती देखा परेको अस्पतालका चिकित्सक डा. पारस पाण्डेले बताए ।

कोभिड वार्डमा पछिल्लो समय बिरामीको चाप बढेसँगै दैनिक अक्सिजनको माग पनि बढेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय