scheduleआइतवार जेष्ठ २ गते, २०७८

मन्त्री परिषदमा मुद्दा फिर्ताबारे छलफल, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं, ९ वैशाख । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । बैठकले मधेस आन्दोलन र विभिन्न घटनामा लागेका विभिन्न मुद्दा फिर्ता लिनेबारे छलफल भएको छ ।

जनता समाजवादी पार्टीले निरन्तर राख्दै आएका मागबारे छलफल भएको र विभिन्न मुद्दा फिर्ता लिनेबारे छलफल भएको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकारले फिर्ता लिन मिल्ने मुद्दा महान्याधिवक्तामार्फत फिर्ता लिइनेबारे छलफल भएको छ । अदालतमा विचाराधीन र फिर्ता लिन नमिल्ने मुद्दामा भने सरकारले सहजीकरण गरिरिदिनेबारे छलफल भएको ती मन्त्रीले बताए ।

मधेश आन्दोलनका क्रममा भएको ज्यादतीबारे अध्यन गर्न गठित पूर्व न्यायाधीश गिरिश चन्द्र लाल नेतृत्वको लाल आयोगको प्रतिवदेन पनि सार्वजनिक गर्न सरकार तयार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय