scheduleआइतवार जेष्ठ २ गते, २०७८

माधवपछि वामदेवसँग ओलीको डिनर मिटिङ

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो समयदेखिको संवादहिनता तोडेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमसँग डनर मिटिङ गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार ओलीले गौतमसँग डिनर मिटिङ गरेका हुन् । नेताद्वयको डिनरमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहभागी थिए ।

डिनरको तस्बिर एमाले प्रमुख सचेतक भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । गौतमले केपी ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको भट्टराईले लेखेका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रधानमन्त्रीसँगको संवादपछि उहाँले भन्नुभयो-केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो। तर उहाँसँको मेरो सम्बन्ध पदका कारणले बनेको होइन जमानादेखिको हो र अटुट रहिरहनेछ,’ भट्टराईले लेखेका छन्, ‘अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि!’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय