scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

कोरोना संक्रमणबाट ३२ वर्षीय युवाको मृत्यु

जनकपुरधाम, १२ वैशाख । कोरोना संक्रमणबाट एक ३२ वर्षीय युवाको मृत्यु भएको छ । सर्लाहीको रामनगर गाउँपालिका ५ बिर्ता बस्ने इन्द्रजीत रायको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट गम्भीर बिरामी भएपछि उनलाई थप उपचारका लागि ठमाडौंतर्फ लग्ने क्रममा शनिबार उनको बाटोमै मृत्यु भएको हो ।

सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार उनको शवलाई नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले रामनगर गाउँपालिका ५ बिर्ताटोलस्थित कुलोको छेउमा व्यवस्थापन गरेको छ ।

उनलाई वैशाख १० गते उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज लगिएकोमा उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय