scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

१५ औं लोकतन्त्र दिवसका अवसरमा कांग्रेस नेता कोइराला सम्मानित

काठमाडाैं, १२ चैत । एसपी यादव/सर्लाही, वैशाख १२ गते । सर्लाहीमा १५ औं लोकतन्त्र दिवसका अवसरमा कांग्रेस नेता वासुदेवशरण कोइराला सम्मानित भएका छन् । कोइरालालाई नेकपा एमालेद्वारा सम्मान गरिएको एमाले जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए ।

लोकतन्त्रका लागि लडेका सहिदका परिवार, घाइते तथा अपांगप्रति उच्च सम्मान प्रकट गर्ने क्रममा एमाले जिल्ला कमिटी सर्लाहीले लोकतन्त्रका संवाहक भन्दै कांग्रेसका पुराना नेता कोइरालालाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

लोकतन्त्र दिवसकै अवसरमा एमाले जिल्ला कमिटी सर्लाहीले जुटपानीस्थित पद्म–भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रममा आश्रित वृद्धवृद्धालाई फलफूल वितरण समेत गरेका थिए । सम्मानित भएका नेता कोइराला बीपी कोइरालाका सहपाठीसमेत हुन् । दल अलग भए पनि लोकतन्त्रका संवाहक भएकाले कांग्रेस नेता कोइरालासहित उनकी धर्मपत्नी मञ्जुलाई समेत सम्मान गरिएको थियो ।

१५ औं लोकतन्त्र दिवसका अवसरमा एमाले जिल्ला कमिटी सर्लाहीले जनआन्दोलनका बेला सर्लाहीका नागरिकले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दै विज्ञप्ति समेत जारी गरिएको हो । सम्मानित नेता कोइराला पद्म–भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रमका संरक्षकसमेत रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय